२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

त्रिशिद्धेश्वरी यातायात प्रालिकाे सञ्चालक समिति चयन

शरद रेग्मी,
दाङ १७ फागुन । राप्ती समितीको रुपान्तरीत त्रिशिद्धेश्वरी यातायात प्रालिको अध्यक्ष सुरेश हमाल फेरिपनि सोही पदमा मनोनित भएका छन् । उपस्थित झन्डै ६ सय वढी यातायात व्यवसायीले एक मतले हमाललाई अध्यक्षमा चयन गर्ने निर्णय कर्तल ध्वनीका साथ पारीत गरेका थिए ।

यता अरु सञ्चालक सदस्यहरुको पदमा १७ जनाको उम्मेदवारी दर्ता भए पछि शुक्रबार अबेर सम्म सर्बसहमतिको प्रयास गरिएको थियो । प्रालिका अध्यक्ष, पुर्ब अध्यक्ष र व्यवसायीहरुको निरन्तरको प्रयास पछि आज शनिवार बिहान सबै पदमा निर्विरोध चयन गर्ने सहमति गरिएको थियो ।

सर्बसम्मत हुने हरुमा पुष्कर धिताल, मान बहादुर डाँगी, नारायण प्रसाद न्यौपाने, मिनप्रकाश भट्ट, प्रेम रावत, माधब न्यौपाने, दिवाकर केसि, भिमसेन लहरे, तेज प्रसाद अधिकारी र हरिप्रसाद भट्ट सञ्चालक समितिको पदमा निर्बिरोध चयन भएका हुन । सबै निर्विरोध भएका सदस्य एवम् अध्यक्षलाई शनिवार नै सपथ ग्रहण गराईसकेको निर्वाचन अधिकृत बिजय पौडेलले जानकारी दिएका छन ।

यता आजै बसेको बैठकले भरतराज श्रेष्ठ , ऋिषि रावत, श्रीधर बुढाथोकी ,काली बहादुर योगि, प्रितम कुमार श्रेष्ठ, मदन वली, दिवाकर न्यौपाने र महिला सदस्यहरु धनकुमारी आचार्य, माया पाण्डे र सीता वलीलाई सञ्चालक सदस्यको पदमा मनोनित गरिएको अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

अब बस्ने पुर्ण कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरुको चयन गर्नेछ, भने अन्य केहि पदाधिकारी लाई अध्यक्षले मनोनित गर्ने बिधान तह सर्वाधिकार प्रदान गरेको छ । यता बिधान संसोधन पछि अध्यक्ष भन्दा दोस्रो बर्गियतामा पुराना र सक्रिय यातायात व्यवसायी भरतनाथ योगिलाई सँस्थाको संरक्षणमा ल्याईएको छ ।

जिल्लामा यातायात समितीहरु प्रालिमा रुपान्तरण भैसकेपछि अधिबेशन एवम् साधारणसभा गर्ने यो पहिलो सँस्था हो ।