२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

उवासंघले सदस्यताका लागि घरदैलो कार्यक्रम गर्ने

शान्तिनगर,
१७ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले आफ्नो सदस्यता बढाउन घरदैलो कार्यक्रम गर्ने भएको छ ।

शान्तिनगर गाउँपालिका भित्र व्यवसयाय गर्दै आएका व्यवसायीलाई उद्योग वाणिज्यमा समेट्नका लागि आइतबारबाट प्रत्येक पसलमा गएर सदस्यता वितरण गर्ने आज शनिवार बसेको नियमित मासिक बैठकले निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले व्यवसायीहरू एकताबद्ध भएर उद्योग वाणिज्य संघलाई अगाडी बढाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको हो । साथै चैत्र महिनामा प्रथम साधारण सभा गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार प्रेम पुनले जानकारी दिए ।