२०७७ कार्तिक ४ गते मङ्गलवार
२०७७ कार्तिक ४ गते मङ्गलवार

दाङको रामपुर र बाह्रकुनेमा काँग्रेसको कार्यक्रम सम्पन्न

दाङ,
१७ फागुन । नेपाली काँग्रेसले आज शनिवार दाङको रामपुर र बाह्रकुनेमा अलग अलग कार्यक्रम सम्पन्न गरेको छ ।

काँग्रेस घोराही उपमहागरपालिका वडा नं १ र २ को संयुक्त आयोजनामा रामपुरमा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम र काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा वडा समितिको बार्षिक साधारणसभा र वनभोज कार्यक्रम सम्पन्न भएका छन ।

नेपाली काँग्रेस वडा नं २ का सभापति रेवतीप्रसाद घिमिरेको सभापतित्व एंवम् काँग्रेस दाङका सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतमा रामपुरमा भएको कार्यक्रममा नेकपा पार्टी छोडेर दुइ सय ५० नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

पूर्वि दाङका पुराना बामपन्थी नेता गिरिराज गिरी, टेकबहादुर चौधरी, दण्डीराम पाण्डे लगायत २ सय ५० जना नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन । उनीहरुलाई पार्टी जिल्ला सभापति खड्का र काँग्रेस नेता कमलकिशोर घिमिरेले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।

पार्टीभित्र सम्मान नभएको, पार्टीमा बिचलन आएको, आफ्ना क्षमता नभएकालाई काखी च्याप्ने र क्षमतावान पुराना कार्यकर्तालाई वेवास्त गर्ने पार्टीमा बसेर जनहितमा काम गर्न नकिने भन्दै आफूहरु काँग्रेसमा प्रवेश गरेको उनीहरुले कार्यक्रममा बताएका थिए । कार्यक्रममा बोल्ने काँग्रेस नेताहरुले अहिले दुइ तिहाइको बामपन्थी सरकारले जनहितमा काम गर्न नसेकेको भन्दै सरकारको आलोचना गरेका छन । काँग्रेसका पालामा धेरै काम भएको भन्दै बक्ताहरुले काँग्रेसले अव आफूलाई सच्चाएर जनहितमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी जिल्ला सभापति खड्काले काँग्रेस सत्तामा नभएको बेलामा पनि जिल्लाभर काँग्रेसमा प्रवेश गर्नेको लर्को लाग्नुले पनि वर्तमान सरकारले काम गर्न नसकेको भन्ने स्पष्ट हुने दावी गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता कमलकिशोर घिमिरेले काँग्रेसको पहलमा रामपुर क्षेत्रमा बिकास निर्माण भएका कार्यक्रमबारे जानकारी गराउँदै वर्तमान निर्वाचित जनप्रनिधि सहित अहिलेको सरकारले रामपुर क्षेत्रका लागि उल्लेखनिय कुनै पनि योजना ल्याउन नसेकको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती बीरकेशरी गौतम, काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, काँग्रेस नेता कमलकिशोर घिमिरे, काँग्रेस क्षेत्रीय सभापतिहरु भूपबहादुर डाँगी, भेषराज खत्री र गिरिराज सुवेदी, काँग्रेस नेता जानकालाल बस्नेत, मधु न्यौपाने, नेपाल विद्यार्थी संघका निरज पाण्डेय लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेसका क्षेत्रीय सचिव चुडामणि आचार्यले गर्नु भएको थियो ।

बाह्रकुनेमा पनि कार्यक्रम
यसैबिच नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १५ को आयोजनामा बाह्रकुने दहमा भएको वडा समितिको बार्षिक सधारणसभामा “हाम्रो काँग्रेस हाम्रो सम्पर्क”नामक वडा समितिले प्रकाशन गरेको पुस्तकको बिमोचन गरिएको छ ।

वडा सभापति प्रकाश श्रेष्ठको सभापतित्व एंव संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले पुस्तकको बिमोचन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि खनालले वर्तमान सरकार जनताको हितमा भन्दै पनि सत्तामा रहेका नेताहरुको ब्यक्तिगत फाइदामा लागेको दावी गर्नुभयो । वर्तमान सरकारमा रहेका मन्त्रि र जिम्मेवार नेताहरुका काण्डले पनि सरकारले कसको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट भएको भनाई उहाँको छ ।

नेपाली काँग्रेस १५ नं वडा समितिका सहसचिव शिशिर अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष निरज गिरी र सांगठनिक प्रतिवेदन सुनिल देवकोटाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेस दाङका उपसभाति कमानसिंह भारती, घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पूर्व जिल्ला सचिव ध्रुव ज्ञवाली, महासमिति सदस्य पुष्पा श्रेष्ठ, नगरसभापति मनोज बुढाथोकी, किशोरचन्द्र गौतम, दिलिपकुमार डिसी, तिलक रावत लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण वडा सचिव लेखराज बुढाथोकीले गर्नु भएको थियो ।