२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

निजि प्राबिधिक शिक्षालय महासंघको प्रदेश अध्यक्षमा पाण्डे

तुलसीपुर,
१८ फागुन । निजी प्राविधिक शिक्षालय महासघ प्रदेश नं. ५ को अध्यक्षमा अरुण कुमार पाण्डेलाई चयन गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा त्रिलोचन पौडेल, सचिबमा दोर्णबहादुर ओली, कोषाध्यक्षमा खिमबहादुर पार्देलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा अमर डाँगी, राकेश कुमार मिश्र, रणबहादुर थापा, किशोर पाण्डे, रत्नकुमार चन्दलाई चयन गरिएको छ ।

त्यस अवसरमा सिटिईभिटी प्रदेश नं. ५ का उपनिर्देशक यादव सुवेदीले प्राबिधिक शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए । कार्यक्रममा धर्मराज गिरी, राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरका निर्देशक जीवन भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुधाकर मिश्रले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, सहजीकरण सचिब दोर्णप्रसाद भुषालले गरेका थिए ।