२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

दाङका काँग्रेस नेता घिमिरे आमन्त्रित सदस्यमा मनोनित

दाङ,
१८ फागुन । दाङका कृष्णकिशोर घिमिरेलाई काँग्रेसको केन्द्रिय आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । नेपाली काँग्रेसका सभापती शेरवहादुर देउवाले शनिबार ५ नेतालाई केन्द्रीय कार्यसमितीको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।

त्यस्तै झापाका गोपालकुमरा बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको काँग्रेसले जनाएको छ ।

देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन्, भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश रिजालले संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसादजोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै अजय चौरसिया तराई मधेस, शंकर भण्डारी तरुण, सीता गुरुङ अदिवासी जनजाति, गोविन्द भट्टराई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठ उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँ श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख तोकिएका छन् ।