तुलसीपुर,
१८ फागुन । नेपाल शिक्षक संघ दाङ महिला बिभागको आयोजना तथा तुलसीपुर, दंगिशरण, बबई र शान्तीनगर गाउँपालिका महिला बिभागको संयुक्त संयोजनमा महिला नेतृत्व विकास तथा शसक्तिकरण तालिम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।
तालिम कार्यक्रम नेपाल शिक्षक संघ दंगिशरण गाउँपालिका महिला उपाध्यक्ष कल्पना शर्माको अध्यक्षता तथा नेपाल शिक्षक संघ संघिय कार्य समितिकी निबर्तमान उपमहासचिव सुशिला सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो।
नेपाल शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिकी महिला उपाध्यक्ष शान्ति न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसी, नेपाल ट्रेड युनियन प्रदेश नं. ५ का कोषाध्यक्ष प्रमोद कुमार न्यौपाने र नेपाल शिक्षक संघ प्रदेश नं. ५ का सदस्य राम बहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको वारेमा नेपाल शिक्षक संघ दाङ जिल्ला उपाध्यक्ष योग राज खत्रीले प्रकाश पारेका थिए, भने नेपाल शिक्षक संघका दाङ जिल्ला सह सचिव निम बहादुर नेपालीले धन्यबाद ज्ञापन व्यक्त गरेका थिए।
तालिमका प्रशिक्षकमा नेपाल शिक्षक संघ दाङकी सदस्य लक्ष्मी न्यौपाने, नेपाल शिक्षक महासंघ दाङका सह सचिव थानेश्वर आचार्य र नेपाल शिक्षक संघ राष्ट्रिय कार्य समितिकी निवर्तमान उपमहासचिव सुशिला सुवेदीले रहेका थिए। झण्डै १०० जना महिला शिक्षकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण नेपाल शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिकी सह सचिव अर्थ मिना न्यौपानेले गरेकी थिईन।