जीवन न्यौपाने,
बंगलाचुली १८ फागुन । बंगलाचुली गाउँपालिका वडा नं ३ स्थित महेन्द्र माध्यमिक विद्यालय श्रीवारीले विविध कार्यक्रम आयोजना गरी आफ्नो ५९औं वार्षिक उत्सव मनाएको छ । वि.स. २०१७ सालमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको शैक्षिक र भौतिक रूपमा स्तर बृद्धि गर्दै हाल कक्षा ११ सम्मको पठनपाठन संचालन भइरहेको छ ।
बार्षिक उत्सव मनाउन बिद्यालयले विभिन्न उतिरिक्त क्रियाकलाप संचालन र उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कृत पनि गरेको छ । जस अन्तर्गत प्राबि र माबि तहको हाजिरीजवाफ प्रतियोगिता ,बेलुन फुटाउने, भलिबल, क्रिकेट, वकतृत्वकला, लोकगीत, लोकनृत्य लगायतका रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै संघीय प्रतिनिधि सभाका पुर्व सभामुख तथा संसद कृष्ण बहादुर महराले विद्यालयको शैक्षिक तथा भौतिक योजनाहरूमा नेपाल सरकार मातहतका निकायको ध्यानाकर्षण गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर वली, वडा नं ३ का वडा अध्यक्ष शोभाराज बिक लगायतकाले मन्तब्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक चेतनाथ पौडेलको स्वागत मन्तव्य बाट स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक पदम वलीले गरेका थिए ।
वडा अध्यक्षद्धारा विद्यालयमा अक्षय कोष स्थापना
बङ्गलाचुली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज बिकले विद्यालयमा अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन । विद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष विकले ३३,३०५ रूपैयाँको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका हुन । अक्षय कोषको रकमबाट प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरू मध्ये नियमित विद्यालय आउने विद्यार्थी र नियमित विद्यालय पठाउने अभिभावकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको उनले बताए ।