२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

राप्ती गाउँपालिका स्तरीय आधारभूत तहको परिक्षा चैत्र १० देखी

तिर्थराज ज्ञवाली,
मसुरीया १८ फागुन । राप्ती गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षा पालिकास्तरीय परीक्षा व्यवस्थापन समिति मार्फत आगामी चैत्र १० गतेदेखी सञ्चालन तथा व्यवस्थापन हुने भएको छ । आईतवार बसेको परिक्षा व्यवस्थापन समितिको बैठकबाट परिक्षा सञ्चालन सम्बन्धमा कक्षा ५ र कक्षा ८ को परीक्षा, परीक्षा समय तालिका, परीक्षा केन्द्र, परीक्षा व्यवस्थापन कार्ययोजना, संस्थागत विद्यालयको हकमा परीक्षा शुल्कको विषयमा छलफल गरि निर्णय गरिएको अधिकृत बासुदेव खनालले जानकारी दिनु भएको छ ।

बैठकबाट गाउँपालिका अन्तरगत शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ५ र कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्दा सामुदायिक विद्यालय तर्फ कक्षा ५ को परीक्षाको प्रश्नपत्र गाउँपालिका स्तरीय आन्तरिक परीक्षा समितिले निर्माण गरेको प्रश्नपत्र मार्फत परीक्षा सञ्चालन गर्ने र उत्तर पुुस्तिका परिक्षणदेखि नतिजा प्रकाशन सम्मको कार्य गाउँपालिका अन्तरगत आधारभूत तह परीक्षा व्यवस्थापन समिति मार्फत सम्पन्न गर्ने र सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८ को प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्मको कार्य पालिकास्तरीय आधारभूत तह परीक्षा व्यवस्थापन समिति मार्फत नै सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभएको छ ।

परीक्षा सञ्चालनको लागि कक्षा ५ को परीक्षा सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र रहने र कक्षा ८ को परीक्षा बालकल्याण आवि पहरवा, शंकर माध्यामीक विद्यालय पिपरी, शुुभदर्पण इ वो स्कूल, ज्ञानोदय मा वि पथ्थरगढवा , स्टारसम्मिट वो स्कुलको परीक्षा केन्द्र सर्वोदय माध्यामीक विद्यालय सिसहनियामा हुने भएको छ । त्यसैगरि सर्वोदय मा वि सिसहनिया, सिदार्थ बो स्कुल मौरीघाट, दिपज्योति बो स्कुलको परिक्षा केन्द्र शंकर माध्यामीक विद्यालय पिपरीमा, मार्टिन बोडिङ स्कुल पत्थरगढवा र सरस्वती आ वि छोट्की सिसहनियाको परिक्षा केन्द्र ज्ञानोदय मा वि पथ्थरगढवामाहुने भएको छ । त्यस्तै विपी आधारभूत विद्यालय, जनज्योति आ वि नयाँगाउँ, नवज्योति आ वि सिरिचौर, सिरिनभ्याली बो स्कूल र जनता आ वि करंगेकोटको परिक्षा केन्द्र मा वि मौरीघाटमा गरिएको छ ।

आधारभुत विद्यालय रुपाकोट, मुनलाइट बो स्कुल, पब्लिक बो स्कुल, मा वि भालुुबांग र नवप्रतिभा आ वि पाखापानीको परिक्षा केन्द्र आदर्श मावि लालमटियामा राखीएको छ । आदर्श मा वि लालमटिया, देउखुरी भ्याली बो स्कुल, रिभरराप्ती बो स्कुलको माध्यामीक विद्यालय भालुुबाङमा परिक्षा केन्द्र तोकीएको छ । बैठकले आधारभूत तहका परीक्षालाई समयमै मर्यादित एवंम् सहज ढंगबाट सञ्चालन गर्नको लागि शिक्षा, युवा तथा खेलकूद शाखा लाई कार्ययोजना अनुसार परीक्षाको कामलाई अगाडि बढाउन जिम्मेवारी दिईएको छ ।