२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

मावि रझेनाको विव्यस अध्यक्षमा पुनः गौतम

घोराही,
१८ फागुन । घोराही उपमहानगरपालिका १८ स्थित मावि रझेनाको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा पुनः जीबन गौतम चयन भएका छन । विद्यालयमा आज भएको अभिभाबक भेलाले गौतमको अध्यक्षतामा ब्यबस्थापन समिति गठन गरिएको हो ।

भेलाले सर्बसम्मत रुपमा समिति गठन गरेको हो । जसको सदस्यहरुमा मैते पुन, शान्ता भट्टराई, बेसारा पाण्डे, गोपालराज शर्मा र देबा पाण्डेलाई चयन गरिएको छ । सहमतिका आधारमा समिति गठन गरिएको हो ।

यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा मानबहादुर बिश्वकर्मा चयन भएका छन । समितिका अध्यक्षमा यस अघि पनि जीवन गौतमनै अध्यक्ष थिए ।