२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

फागुन २० र २१ गते नेपाल बन्दको आह्वान

दाङ,
१८ फागुन । यहिँ फागुन २० र २१ गते नेपाल बन्दको आह्वान गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय समितिले एक विज्ञप्ती जारी गर्दै आगामी फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो ।

गत पुस २२ गते सरकारसंग १४ बुदे माग राखी आफ्नो माग सम्बोधन गर्न पुस मसान्तसम्मको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको कुरा विज्ञप्तीमा उल्लेख छ ।

मोर्चाले आफ्नो माग पुरा गर्नका लागी दबाव स्वरुप आन्दोलन गर्न लागीएको जनाईएको छ । समितिका महासचिव तुलसी थारुद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आमहडतालको क्रममा कलकारखाना ,उद्योग धन्दा ,ब्यापार ब्यबसाय, शिक्षण सँस्था लगायत सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहनेछन ।’

आफुहरुको बन्द आह्वानलाई सफलता पुर्वक साथ दिन पनि अपिल गरिएको छ । साथै बन्दको अवज्ञा गरेमा यसबाट उत्पन्न हुने परिस्थितिमा राज्य नै जवाफदेही हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै उक्त दिन अतिआबश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधनलाई निर्वाध रुपमा सन्चालन हुन दिने भनिएको छ ।

विज्ञप्ती :