२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

शान्तिनगरमा बर्ड फ्लू रोग सम्बन्धि गोष्ठी सम्पन्न

खैरेनी,
१८ फागुन । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ को आयोजना एबं शान्तिनगर गाउँपालिका पशु सेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा एक दिने बर्ड फ्लू रोग नियन्त्रण सम्बन्धि गोष्ठी आइतबार रंगैजामा सप्पन्न भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको सभापतित्व एबं गाउँपालिकाका अध्यक्ष कमानसिङ डाँँगीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत नर बहादुर विश्वकर्मा, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन बिक्रम केसि, पसुसेवा शाखा प्रमुख देबराज आचार्यले  लगाएतले बाेलकाे थिए ।

गोष्ठीको प्रशिक्षकमा पशु स्वास्थ्य प्राबिधिक अमर ओलिले गरेका थिए भने, ३० जना सहभागी रहेको कार्यक्रमको संचालन देबराज आचार्यले गरेका थिए ।