दाङ,
१९ फागुन । मलेसियाको राजधानी क्वालालम्पुरको तारायमा नेपाली नया बर्ष २०७७ सालको अवसरमा शुभकामना आदान–प्रदान संगै बृहत गजल उत्सव २०७७ आयोजना हुने भएको छ।
आउँदो बैसाख ७ गते (सन् २०२० अप्रिल १९ तारिख)का दिन नेपाली भाषा र साहित्यको बिकास र बिस्तार गर्ने उद्देश्य बोकेको एउटा शसक्त समुह साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष तथा गजल उत्सव कार्यक्रमका संयोजक राम प्रसाद सुबेदी संगमले जानकारी दिनु भयो ।
कार्यक्रममा मलेसियाका विभिन्न राज्यहरुमा रहेर नेपाली गजल बिधामा कलम चलाउने करिव १२ जना गजलकारहरुले गजल वाचन गर्ने साहित्यिक चौतारी नेपाल मलेसियाका महासचिव महेन्द्र सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा पेनाङ राज्य बाट अनुराग बम क्षेत्री, खीमु काउचा गरिब, रेशमराज वोगटी र वेहोसी कृष्ण कार्की जोहोरवारु राज्य बाट देव विरही, ऋतिक नेपाल र अर्जुन सिंह अनुरागी राजधानी क्वालालम्पुरबाट खेम मगर कान्छ, तारा सोमै संकल्प, एम मगर, दल बहादुर लामा र प्रीत अञ्जुलीले गजल वाचन गर्नु हुने छ।
बिगतको कार्यक्रम भन्दा यसपटक को कार्यक्रम भब्य बनाउने तयारी रहेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखा बरिस्ठ उपाध्यक्ष दल बहादुर लामाले जानकारी दिनुभयो । कार्यक्रमका मिडिया पाट्नरका रुपमा अनलाइन टेलिभिजन मुक्तक माधुरी, मलाया खबर, हिमालयन टाइम्स र रङ्ग नेपाल टेलिभिजन रहेका छन् । अनलाइन टेलिभिजन मुक्तक माधुरीका व्यवस्थापक ओम प्रकास भुसालको विषेश सहयोग रहेकोे कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका महासचिव महेन्द्र सिंहले गर्नुहुनेछ ।