२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

निजि क्षेत्रको टिम चुनावी नारासहित पुर्वी जिल्लामा

शरद रेग्मी,
जनकपुर १९ फागुन
। नेपाल उधोग बाणिज्य महासंघको आसन्न निर्वाचनमा चुनावी मैदानमा होमिएका निजि क्षेत्रका ब्यबसायिक नेताहरु प्रचार प्रसारका लागि पुर्वका जिल्लाहरुमा पुगेको छ ।

सरकार निजि क्षेत्र साझेदारि भन्ने मुख्य नारासहित जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीको नेतृत्वमा ब्यबसायिहरुको टिम २ नम्बर प्रदेशका विभिन्न क्षेत्रमा पुगेको छ । चुनाबि प्रचार प्रसार र ब्यबसायिक भेटघाटका लागि भक्तपुर, बनेपा, धुलिखेल, रामेछाप, सिन्धुलि हुँदै आज सोमबार बिहान जनकपुर पुगेको हो ।

टोलिमा केन्द्रिय सदस्य पदका उम्मेदवार तुलसीपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा सफल युवा ब्यबसायी बिमल रिजाल, रोल्पा उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष किशोर आचार्य साथमा २ नम्बर प्रदेश प्रमुख शिब शंकर शाह, कोहोलपुर उधोग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी लगायतका प्रतिनिधिहरुको टोलि पुर्बान्चलका बिभिन्न जिल्लाहरुमा पुगेको छ ।

सो अबसरमा टोलिले बिभिन्न जिल्ला नगरका अध्यक्ष तथा प्रतिनिधिहरुसँग भेटेर निजिक्षेत्र र सरकारका बिचमा कसरी साझेदारि गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ । सो अबसरमा पछिल्लो समय ब्यबसायिहरुमाझ देखिएको समस्याका बारेमा पनि छलफल गरेको तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभयो । सोमबार बिहान जनकपुरमा भएको अन्तर्कृिया एवंम् छलफल कार्यक्रममा जनकपुर उधोग बाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले आफुहरु बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकालको जुझारु टिम र काम गर्ने शैलिबाट निकै प्रभाबित रहेको बताउनुभयो ।

सो अबसरमा सिन्धुली उधोग बाणिज्य संघका अध्यक्ष अमलेस बैदार, महोत्तरी उधोग बाणिज्य संघकाका अध्यक्ष मोहन गुप्ता , जलेश्वर उधोग बाणिज्य संघका अध्यक्ष कृपाशंकर शाह लगायतले ब्यबसायिक एजेण्डामा महासंघको भुमिका सक्रिय हुनुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले नयाँ निर्बाचित हुने भावि नेतृत्वले पुर्बिजिल्लाका ब्यबसायीहरुले भोग्दै आएका सिमा क्षेत्रका समस्या ,भन्सार चोरि निकासि र भिसिटिएसका समस्याहरु सरकार स्तरबाटै समाधान खोज्न पहल गर्नुपर्ने बताएका र्थिए ।