२०७७ फाल्गुन २० गते बिहिवार
२०७७ फाल्गुन २० गते बिहिवार

वातावरणिय सरसफाईका लागि सडक नाटक प्रदर्शन

बिमल योगी,
दाङ १९ फागुन ।
वातावरणलाई स्वच्छ बनाउन अभिप्रेरित गर्ने उदेश्यले दाङको सौडियारमा सडक नाटक प्रदर्शन गरिएको छ । घोराहीको दिपज्योती टेक्नीकल ईन्सीच्युटमा अध्ययनरत बिद्यार्थीहरुले आज वडा कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि नाटक प्रर्दशन गरेका हुन ।

बिद्यार्थी कृतिका शर्माको लेखन तथा निदेशनमा तयार गरिएको नाटकको उद्देश्य समुदायका नागरिकहरुमा बातावरण सरसफाईको जनचेतना अभिबृद्धि गर्ने रहेको थियो । नाटकमा कृतिका शर्मा, रजनी रोका, पूर्णिमा घर्ति, गिता खड्का, अश्मिता पुन मगर, बिद्या जिसी, दिपा घर्ती, नेहा गहतराज, कल्पना घर्ती, आरती बि.क., मनिषा पुन, ममता गाहा मगर, बिन्दु बिष्ट, हिमा पुन मगर, अञ्जु वली, बिन्दु खड्का, कृष्ण माया नेपाली र राधा घर्तीले अभिनय गर्नुभएको थियो ।

ईन्सिच्युटका शिक्षक निशा शर्माको अध्यक्षतामा भएको नाटक प्रर्दशन कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरी, मा.वि. सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, स्वास्थ्य चौकी सौडियारका अहेव कुमार दुलाल, शिक्षिका सर्गम पौडेल लगायतले नाटकले सामाजिक परिवर्तनमा ठुलो सहयोग पुग्ने बताउनुभएको थियो । नाटकको सहजीकरण बिद्यार्थी कृतिका शर्माले गर्नुभएको थियो ।