२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

कोरोनाका कारण प्रदेश ५ को लगानी सम्मेलन स्थगित

बुटवल,
१९ फागुन।
प्रदेश ५ सरकारले लगानी सम्मेलन तथा विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले आगामी वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि प्रदेशका १२ वटै जिल्लामा आयोजित मेला तथा महोत्सवहरू पनि स्थगित हुने भएका छन् ।