२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालीलाई सकभर विदेश नजान आग्रह

काठमाण्डौ,
१९ फागुन ।
सरकारले अत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि नै प्रभाव पारेकोले अत्यावश्यक कामबाहेक देश नछाड्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकोले पढ्न, घुम्न, वैदेशिक रोजगारी लगायतका प्रयोजनको लागि विदेश नजान सरकारले आग्रह गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने र गैरसरकारी संस्था र नीजिलाई पनि सभा सम्मेलन नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले नागरिकको स्वास्थ्यभन्दा ठूलो विषय अरु हुन नसक्ने ठहर गर्दै सरकारले पर्यटनका गतिविधि स्थगित गरेको पनि जानकारी दिनुभयो ।