२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

लैंगिक हिंसा विरुद्धको सचेतना अभियान

तुलसीपुर,
२० फागुन ।
दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालि अन्तर्गत रहेको नर्सिङ एण्ड एचए कलेजमा अध्ययनरत विद्यार्थीहरुले लैगिंक हिंसा विरुद्धको सचेतना प्रदान गरेका छन् । सोमबार लैंगिक हिंसाका प्रकार, हिंसाक हिंसा घट्नुका कारण, त्यसलाई न्यूनिकरण गर्ने बिधि, लैंगिक हिंसाको उपचारलगायतका बिषयमा विद्यार्थीहरुले प्रष्ट पारेका थिए ।

विद्यार्थी सुलोचना खनाल, सुनिता केसी, बिसाल बस्नेत, नबीन कुमार खड्का, पुजा खत्री, हेमराज ओली, सरोज भट्टराई वली, सरस्वती भुषालले यस बिषयमा प्रस्तुती राखेका थिए । पछिल्लो समय लैंगिक हिंसा बढ्दै गएको भन्दै यसलाई न्यूनिकरण गर्न कार्यक्रम गरिएको हो । त्यस अवसरमा कलेजका निर्देशक जीवन भण्डारी, कलेजका प्रिन्सीपल सुसन पाण्डे, शिक्षिका अनु शर्मा, रिजन पुनलगायतले यस बिषयमा विद्यार्थीहरुले सचेतना प्रदान गर्नु सकारात्मक कार्य रहेको बताएका थिए । विद्यार्थीहरुले सचेतना प्रदान गर्दा यो अभियान थप प्रभाबकारी बन्ने समेत बताए ।

शिक्षिका नाजिरा खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अमर डाँगी ऐश्वर्य डाँगीले गरेका थिए ।