तुलसीपुर,
२० फागुन । दाङका तीनवटा स्वास्थ्य चौकीलाई १५ वेडको अस्पतालमा स्तरोन्नती गरिएको छ । सरकारले दाङको बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, घोराही उपमहानगरपालिकाको लक्ष्मीपुर स्वास्थ्य चौकी र शान्तिनगर गाउँपालिकाको बाघमारे स्वास्थ्य चौकीलाई १५ वेडको बनाईने भएको छ । प्रत्येक स्थानीय तहमा १५ वेडको अस्पताल बनाउने सरकारको योजना अनुसार दाङका यी तीन वटा स्वास्थ्य चौकीलाई १५ वेडको बनाउने निर्णय गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको छ । स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्नको स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको छ । सरकारले अघिल्लो वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । सोही अनुसार काम अघि बढेको छ ।
दाङमा बंगलाचुली गाउँपालिकाले १५ सैयाको अस्पताल सञ्चालनमा ल्याईसकेको छ ।