तुलसीपुर,
२० फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्दले दाङसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । दाङमा साना सवारी साधनहरु छिटफुट रुपमा चलेपनि ठूला सवारी साधनहरुलाई भने पूर्ण रुपमा ठप्प पारिएको छ ।
बन्दले एक ठाउँबाट अर्को ठाउँमा जाने नागरिकलाई सास्ती भएको छ । मोर्चाले आज र भोली तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको हो ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।