शान्तिनगर,
२० फागुन । पश्चिम दाङबाट ७ जना जुवाडे नगद सहित फक्राउ परेका छन् । शान्तीनगर गाउँपालिका वडा नम्वर ३ महादेव चौतारी बस्ने ४० बर्षिय शुक बहादुर बुढाको घरमा गएराती साढे एघार बजे प्रहरीले छापा मारी जुवाडेहरुलाई नगद सहित नियन्त्रणमा लिएको हो ।
बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालयबाट गएको सयुंक्त टोलीले नगद १ लाख १६ हजार ५०० सय रुपैयाँ नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा महादेव चौतारी बस्ने घर मालिक बुढा सहित सोहि ठाउँ बस्ने ३८ बर्षिया भिम बहादुर कडेँल, २६ वर्षिय मिन बहादुर घिमिरे, ४६ वर्षिय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षिय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षिय प्रेम बिक रहेका छन् । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।