२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

घोराही उपमहानगरद्धारा एक सयलाई ज्योती प्रदान

घोराही,
२० फागुन ।
घोराही उपमहानगरपालिकाले एक सय जना व्यक्तिको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरि ज्योती प्रदान गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरी ज्योती प्रदान गरेको हो ।

नगरका विभिन्न वडामा आर्थिक अभावका कारण मोतियाविन्दुका कारण दृष्टि कमजोर भएकाहरुलाई शल्यक्रिया गरि ज्योती प्रदान गरिएको हो । घोराही उपमहानगरपालिकासँग नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ४५ जना पुरुष र ५५ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । त्यसैविच निःशुल्क शल्यक्रिया गरिएका विरामीहरुलाई निःशुल्क चश्मा तथा औषधी समेत वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा। सुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेल, नेत्ररोग विशेषज्ञ डा. कौशल पोख्रेललगायतले चश्मा तथा औषधी वितरण गर्नुभएको छ ।