तुलसीपुर,
२१ फागुन । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गरेका छन । बुधवार प्रेस विज्ञप्ती जारी गरेर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नुका साथै अनुमतिमा समेत रोक लगाइएको बताए ।
कार्यवाहक नगरप्रमुख डाँगीले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरेका छन् ।उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगायत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउँदासम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
उनले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गरेका छन् ।