बबई,
२१ फागुन । बबई गाउँपालिकाका प्रबक्ता टंकराज बिस्वकर्माले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नु भएको छ । साथै कुनै पनि सार्वजनिक कार्यक्रमका लागी अनुमतिमा रोक समेत लगाइएको गाउँपालिकाले आज एक प्रेस विज्ञप्ती जारी गदै जानकारी गराएकोे छ ।
‘भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भीर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रबक्ता बिकले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गर्नु भएको छ ।
गाउँपालिकाको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस, रनिङ शिल्ड लगायत अन्य आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउँदा सम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँघरमा हुने बिबाह, पार्टी, सभा, सम्मेलन जस्ता २० वा त्यससभन्दा माथिको संख्यामा मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न पनि संघ संस्था तथा सम्बन्धित सबैमा बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ । उहाँले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गर्नु भएको छ ।
विज्ञप्ती :