तुलसीपुर,
२२ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सले मृगौंला पिडितलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ । सल्यान घरभई हाल दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने २२ बर्षका राजेश नेपालीलाई १० हजार आर्थिक सहयोग गरेको चेम्बरका सचिव ऋषी भण्डारीले बताए ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले घरमै आएर थोरै रकम भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको बताए । कलिलो उमेर मृगौलाबाट पिडितको अवस्था देखेर साह्रै दुखित भएको बताउदै उनले अन्य सहयोगी मनहरुलाई पनि सहयोग गरेर नेपालीको जीवन बचाई दिन आग्रह गरे ।
चेम्बर अफ कमर्सका सदस्य युवराज नेपालीको सहयोगमा आर्थिक रकमा संकलन भएको थियो ।