घोराही,
२३ फागुन । घोराही उपमहानगरपालिकाले २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अबसरमा २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जेष्ठ नागरिकहरुलाई सम्मान पत्र, एक किलो हर्लिक्स् र एक हजार रुपैयाँ सहित सम्मान गरेका हुन । समानताको पुस्ताः अन्त्य गरौ हिंसा र असमानता भन्ने नाराका साथ आयोजित कार्यक्रममा उपमहानगरले १९ वडाबाट एक एक जना र दिवा सेवा केन्द्र घोराही १५ बाट एक जना गरि २० जनालाई सम्मान गरेको हो ।
१ सय ७ बर्षका वडा नम्बर ३ बस्ने गंगाराम चौधरी र तल्लो उमेर वडा नम्बर ७ का ६७ बर्षिय बेझलाल चौधरीलाई सम्मान गरिएको छ । अन्य सम्मानित हुनेहरुमा भेगा अधिकारी, लालकुमारी वली, भागीराम डाँगी, जिते दमाई, भेगुराम खड्का, विष्णुप्रसाद पाण्डे, अमरभुप डाँगी, बैजयन्ती चौधरी रहनुभएको छ । त्यसैगरी, बमबहादुर पौडेल, फल्कु गिरी, चन्द्रा आचार्य, सुन्तली दमाई, रेशमबहादुर बस्नेत, लक्ष्मण पुन, बोधीप्रसाद पुन, पुनाराम रावत, टोपाराम अधिकारी र कलविर चौधरीलाई पनि सम्मान गरिएको छ ।