२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

गोर्खा कलेजमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न


तुलसीपुर,
२३ फागुन
। गोर्खा ग्रुप द्वारा सन्चालीत गोर्खा मोडेल कलेजका व्यवस्थापन संकाय द्वितिय र तृतिय बर्षका बिध्यार्थीहरुले प्रथम वर्षका बिध्यार्थीलाई स्वागत तथा चौथो बर्षमा अध्ययनरत छात्र छात्रालाई बिदाई गरेका छन् ।

तृतिय बर्षमा अध्ययनरत छात्र तुफान सापकोटाको सभापतित्व एवंम् गोर्खा स्कुल तुल्सिपुरका उपाध्यक्ष डोर ब. जिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिबिध रमाइला नृत्य , मुक्तक, गजल, तथा गित प्रस्तुत गरिएको थियो । एमेशन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षाको राप ताप्न सके मात्रै बिध्यार्थीहरुको जिवन सफल हुने प्रमुख आतिथी डोर ब. जिसी बताउनु भएको थियो ।

कार्यक्रममा गोर्खा स्कुल तुल्सिपुरका प्रीन्सिपल बिजयमान जिएम , गोर्खा मोडेल कलेजका सहायक क्याम्पस प्रमुख डम्बर डाँगी , एकाडेमीक कोर्डीनेटर बेद प्रकाश भट्टराई , लेक्चर डिल्लिराज धिताल लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण गायक एचआर मगरले गर्नुभएको थियो ।