२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरले सभा, सम्मेलन गर्न अनुमति नदिने

शान्तिनगर,
२३ फागुन ।
शान्तिनगर गाउँपालिकाले कुनै पनि सभा, सम्मेलन, गोष्ठि र कार्यक्रम नगर्न आग्रह गरेको छ । संभावित कोरोना भाइरसको जोखिमबाट बच्न गाउँपालिकाले यस्तो आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतामा बसेको ११२औं कार्यपालिका बैठकले नागरिकलाई स्वास्थ्यको जोखिमबाट बचाउन यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाले अत्यावश्क काम बाहेक भिडभाडाम नजान र जाँदा माक्सको प्रयोग गरेर मात्र जान गाउँपालिकाबासीमा अनुरोध समेत गरेको छ ।