२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

स्वास्थ्य प्रति सचेत रहन नगरबासीलाई अपिल

घोराही,
२४ फागुन ।
घोराही उपमहानगरपालिकाले नेपालको छिमेकी देशहरु सहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिन साबधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको नगर कार्यपालिका बैठकले कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै उपमहानगरले सबै नगरबासीहरुलाई साबधानी अपनाउन आग्रह गरेको हो । कोरोना भाईरसबाट बच्न स्वास्थ्यकर्मीहरुले दिईरहेका सुझाबहरुको अबलम्बन गर्दै होसियारी अपनाउन आग्रह गरिएको प्रबक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो ।

साथै बजारमा औषधीजन्य बस्तुहरुको अभाव र कालोबजारी हुने गरेको गुनासो बाहिरीएको भन्दै बैठकले उपभोक्ता अधिकारमा बिषेश ध्यान दिन समेत औषधी व्यवसायीहरुलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले भनेका गतिबिधीहरु भेला, सम्मेलन, सभा तथा भिडभाड नगर्न र सहभागि नहुन समेत नगरबासीलाई अपिल गरेको छ ।

त्यसैगरी, बैठकले होली पर्वलाई पनि यसबर्ष संबेदनशिलतासँग जोड्दै नखेल्न आग्रह गरेको छ । होली खेल्दा भिडभाड हुने, पानीले भिज्ने र रंगहरु दल्ने हुदा त्यसले यो अबस्थामा स्वास्थ्यलाई असर गर्ने देखिएको भन्दै सचेत गराएको छ ।