२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

बबई चेम्वर अफ कमर्स गठन

झुपलाल क्षेत्री,
हापुरे २४ फागुन ।
पश्चिम दाङको बबई गाउँपालिकामा व्यवसायिक समस्या समाधान र समग्र आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिका स्तरिय बबई चेम्वर अफ कमर्स गठन गरिएको छ । युवराज कँडेलको अध्यक्षतामा १७ सदस्यीय बबई चेम्वर अफ कमर्स गठन गरिएको हो ।

जसका उपाध्यक्ष जयराम वली र डिल्ली सुवेदी, सचिव भिक भुषाल, सहसचिव सुकमति सुनार, कोषाध्यक्ष सन्तोष विसी रहेका छन् । यस्तै सदस्यहरूमा चन्द्र वहादुर वली, प्रेम सुनार, देवि पुन, कुल वहादुर केसी, विक्रान्त खड्का, नारद भुषाल, नर वहादुर सुनार, दिपक भण्डारी, झुपलाल वली, खुम वहादुर खड्का, महारूद्र अधिकारी रहेका छन ।

सल्लाहकारमा गोविन्द घिमिरे, मोति प्रसाद भुषाल, नवराज भुषाल, डिल्लीराज पौडेल र विर वहादुर विक रहेका छन । बबई चेम्वर अफ कमर्सको प्रेस सल्लाहकारमा झुपलाल बुढा क्षेत्रीलाई चयन गरिएको छ ।