२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

स्थापना दिवसको अवसरमा स्लो बाइक प्रतियोगीता

दाङ,
२४ फागुन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५०औं स्थापना दिवसको अवसरमा आज शनिवार स्लो बाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा उमेश पन्त प्रथम, भिमसेन डिसी द्धितिय र माधव खनाल तृतीय भएका थिए । त्यसै गरेर स्लो स्कुटी प्रतियोगीतामा विष्णु थापा प्रथम, लिला नेपाली द्धितीय भएका थिए ।

प्रतियोगीतामा प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले गरेको थियो । प्रतियोगीता दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष माधवप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संघका पुर्व महासचिव साधुनारायण अधिकारी लगाएतकाले भनाइ राखेका थिए ।

स्लोबाइक प्रतियोगीता उप समितीका संयोजक पिताम्वर शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सदस्य मिनराज भाटले गरेको थिए । यसैविच संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको व्याडमिटन प्रतियोगीताको फाइनल खेल आइतवार विहान ७ वजे घोराहीको कवर्ड हलमा हुने व्याडमिटन प्रतियोगीताका उप समिती संयोजक शुसिल पोख्रेलले जानकारी दिए ।