२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुरमा चोरीको आरोपमा ६ जना बालक पक्राउ

तुलसीपुर,
२५ फागुन ।
एकलाख रुपैयाँ चोरी गरेको आरोपमा तुलसीपुरको वनहरीबाट ६ जना बालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी १८ बर्षका दिनेश डाँगी, १४ बर्षका समिर विक, १५ बर्षका प्रदिप सुनार, विजय परियार, तुलसीपुर–७ का १६ बर्षका मनिस विक, १३ बर्षका विश्वास गुरुङ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर–४ रक्षाचौर निवासी टिका रेग्मीको पसलबाट एक लाख नगदसहित केहि किराना सामान चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले वनहरीबाट आरोपीलाई पक्राउ गरेको हो । शुक्रबार राति नगदसहित केहि किराना सामान चोरी भएपछि प्रहरीले शनिबार बेलुकी उनीहरुलाई पक्राउ गरेको हो ।

‘चोरी भएको जानकारी आयो, ‘ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले भने–‘वनहरीको एक पसलमा अण्डा,मासु, चाउचाउ, वियर खाईरहेको सूचनाका आधारमा प्रहरी गएर नियन्त्रणमा लियो ।’

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।