२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

कोरोना भाइरसका बिरामी राख्न छुट्टै उपचार कक्ष तयार

तुलसीपुर, २५ फागुन । अहिले देशैभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला दाङमा भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले छुट्टै उपचार कक्ष तयार गरेको छ । अस्पतालले तीन वटा छुट्टै उपचार कक्ष अर्थात् आइसुलेशन वार्ड तयार गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रताप पोख्रेलले बताएका छन् ।

कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण देखिएका बिरामी फेला परेमा उनीहरुलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था रहको छ । अन्य बिरामीसंग कोरोना भाइरस संक्रमित बिरामीको लसपस नहोस् भन्ने उद्देश्यले छुट्टै उपचार कक्षको व्यवस्था गरेको डा. पोख्रेलले बताए ।

‘कोरोना भाइरसको उपचार त तुलसीपुरमा सम्भव छैन । तै पनि त्यस्ता लक्षण भएका बिरामी भेटिएमा उनिहरुलाई छुट्टै राख्ने आइसुलेशन वार्डको व्यवस्था गरेका छौ,’ डा। पोख्रेलले भने –‘ कोरोना भाइरस पोजिट छ या नेगेटिम त्यसको डोइग्नोसीसका लागि काठमान्डौ नै पठाउनु पर्छ ।’
कोरोना भाइरस पोजीटीभ भएकालाई राख्ने बाह्यक अरु उपाय दाङमा नभएको डा. पोख्रेलले बताए ।
भारत अथवा कोरियाबाट संभावित लक्षयण देखिने बिरामी आएमा अन्य जनरल वार्डमा राख्न नमिल्ने भएकाले छुट्टै व्यवस्था गरिएको अस्पतालले जनाएको छ । कोरोना भाइरस हो या होइन पत्ता नलाग्दासम्म सामान्य सचार भने सुरु गरिने बताइएको छ । सिम्बोलिक रुपमा वार्डको व्यवस्था गरेको भन्दै बिरामीको संख्या बढेमा छुटै व्यवस्था गर्न सकिने पनि अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको हल्लापछि नलाग्न आग्रह

यसैविच राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले कोरोना भाइरसको हल्ला र प्रचारवाजीका पछि नलाग्न आग्रह गरेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको बिरामी नेभेटिए पनि आवश्यकता भन्दा बढि प्रचारबाजीकै कारण सर्वसाधरण नागरिकमा सन्त्रास फैलिएको भन्दै यस तर्फ सजक र सचेत रहन अस्पताले आग्रह गरेको हो ।

कोरोना भाइरसकोसंगै माक्स, अत्याअवश्यक उपभोग्य वस्तु र अक्सीजनको समेत अभाव भएको हल्लाले झनै नागरिकलाई त्रास र भएभित बनाएको भन्दै यसले सहज भन्दापनि असहज परिस्थिीती पैदा गर्ने डा। पोख्रेलले बताए । कोरोना भाइरसको अनावश्यक हल्लाका कारण सामान्य रुघाखोखी र हाँछियू गर्दा समेत मान्छेहरु त्रसित हुने गरेको उनले बताए ।