बिजौरी,
२५ फागुन । बिजौरी उद्योग वाणिज्य सघंले बिजौरी बजारक्षेत्र भित्र रहेका होटल व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि उपसमिति गठन गरेको छ ।
सघंले आज आइतवार एक भेलाको आयोजनाको गरि चिया नास्ता होटल व्यवसायी र मदिरा होटल व्यसायीलाई व्यवस्थित गर्नका लागि उक्त उपसमिति गठन गरेको हो । सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको भेलाले चिया नास्ता होटल व्यवसायी उपसमिति र मदिरा होटल व्यसायी उपसमिति गठन गरेको हो ।
भेलाले चिया नास्ता होटल व्यवसायी हर्कबहादुर बुढाथोकीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा भुपबहादुर वलि, भिमसेन सुनार, सुनिल भुसाल र बिमला पुन रहेका छन ।
यसैगरि मदिरा होटल व्यवसायी यज्ञबहादुर खड्काको सयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा टोपादेवि डाँगी, यादव भुसाल, मिना चौधरी, राम चौधरी, सिता चौधरी र कृष्णा श्रेष्ठ रहेका छन ।
आइतवार सम्पन्न उक्त भेलाले बिजौरी बजार क्षेत्रका अन्य व्यापारीलाई पनि व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गर्ने र पनि त्यससगैँ दुधरास, हेमन्तपुर बजार क्षेत्र भित्रका व्यवसायीहरुलाई पनि व्यवस्थित गर्नका लागि तत्कालै विभिन्न उपसमिति गठन गर्ने बिजौरी उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।