२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

बसको ठक्करबाट लमहीमा पैदल यात्रुको मृत्यु

दाङ,
२६ फागुन ।
बसको ठक्करबाट दाङको देउखुरीमा एक जना पैदल यात्रु को मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर १ सुनडबरीमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा १ ख १७९५ नम्बरको बसले राती ८ बजेको समयमा लमही नगरपालिका वडा नम्बर १ सुनडबरी निवासी १९ वर्षिय हुमन घर्ती मगरलाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

शवलाई स्थानीयले उठाउन दिएका छैनन् भने अहिले पिडित पक्षले पुर्व पश्चिम राजमार्ग बन्द गराएर आन्दोलन गरिरहेका छन् । घटनालाई मिलाउन अहिले छलफल भइरहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस भने प्रहरीको नियन्त्रणमा रहेको छ।