२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सञ्चार माध्यमबाटै शुभकामना

बिमल गौतम,
दाङ २६ फागुन ।
रिपोर्टस क्लब दाङले प्रत्येक बर्ष आयोजना गर्दै आएको होलि विशेष कार्यक्रम स्थगित गरेको छ ।

बिश्वलाई आतङ्कित गराई रहेको कोरोना भाइरस संक्रमणको सम्भावनालाई लिएर स्थानीय प्रशासनले समुहगत भेला, जुलुस गर्न रोक लगाएसँगै रिपोर्टस क्लबले बिगत नौ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको होली मिलन कार्यक्रम स्थगित गरेको छ ।

क्लबले सबै राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न सघं संस्थाहरुलाई एउटै थलोमा भेला गराएर आपसी सद्भाव, एकता र भाईचाराको सन्देश दिन निरन्तर नौ बर्ष देखि बृहत होली मिलन कार्यक्रम गर्दै आएको क्लका अध्यक्ष शरद रेग्मीले जानकारी दिएका छन् ।

हामी ‘निरन्तर होलि पर्बलाई उत्सब र उमङ्गको रुपमा सञ्चालन गर्दै आएका थियौं, तर यस बर्ष कोरोना भाइरसको उच्च सतर्कता अपनाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण कार्यक्रम स्थगित गरेका हौं’ क्लबका अध्यक्ष रेग्मीले भन्नुभयो।

यसैबिच रिपोर्टस क्लब दाङले सम्पूर्णमा होली पर्बको शुभकामना ब्यक्त गरेको छ । क्लबका अध्यक्ष शरद रेग्मी र महासचिव बिमल गौतमले बिज्ञप्ति मार्फत सबैमा होली पर्वले आपसी एकता र सद्भाव कायम राख्न प्रेरणा मिलोस भनी शुभकामना ब्यक्त गरिएको छ ।