२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

यस बर्ष दाङका ५ वनलाई वैज्ञानिक बनाइँदै

दाङ,
२६ फागुन ।
दाङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लामा गतवर्ष १२ वटा सामुदायिक वनलाई वैज्ञानिक वनव्यवस्थापन गरिएको छ, भने यस आर्थिक वर्ष २०७६÷०७७ मा ५ वटा सामुदायिक वनलाई वैज्ञानिक व्यवस्थापनको तयारीमा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

जसमा पदमपुर सामुदायिक वन, पूर्व हापुरे सामुदायिक वन, सदावहार सामुदायिक वन, सरस्वती सामुदायिक वन, सुन्दर सामुदायिक वन, बाघदैला सामुदायिक वन, लक्ष्मी बगिया सामुदायिक वन, बाघमारे सामुदायिक वन, विष्णपुर सामुदायिक वन, सुनपुर सामुदायिक वन, खयरभट्टि सामुदायिक वन, देविडाँडा सामुदायिक वन र अम्बिकेश्वरी सामुदायिक वनलाई गतवर्ष वैज्ञानिक वन व्यवस्थान व्यवस्थापन बनाईएको सूचना अधिकारी खिम बहादुर केसीले बताए ।

जिल्लामा सालको वनको वाहुल्यता भएकोले यस क्षेत्रका सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन हुँदा काठ दाउराको सहज आपुर्तिमा टेवा पुग्ने सूचना अधिकारी केसीले बताए । यसैगरी स्थानीय स्तरमा हरित रोजगारीको सृजना हुने तथा समूह र राज्यकोषमा समेत वृद्धि हुने उनको भनाई छ ।

यस वर्ष वैज्ञानिक वनको तयारीमा रहेका वनहरु :
यस आर्थिक वर्षमा ५ वटा सामुदायिक वनलाई वैज्ञानिक वन बनाउने तयारीमा रहेको सूचना अधिकारी केसीले बताए । जसमा बाघमारे विष्णपुर सामुदायिक वन, सरस्वती सामुदायिक वन, सुन्दर सामुदायिक वन, खयरभट्टि सामुदायिक वन र अम्विकेश्वरी सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनको तयारीमा रहेको उनले बताए ।