२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

पर्सेनीमा कोरोना भाइसरबारे सचेतना

तुलसीपुर,
२६ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रर्सेनी स्थित बसन्तपुरमा कोरोनाको विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

अस्थायी प्रहरी पोष्ट प्रर्सेनीले सोमवार प्रर्सेनी स्थित बसन्तपुर टोलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर स्वास्थ्य प्रमुख बासुदेब चौधरीले पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिदै गएको भन्दै सचेत रहन टोलवासीलाई आग्रह गरे ।

उनले कोरोनाका लक्षण, अहिलेको अबस्था, बच्ने उपाय लगायतका बिषयमा जानकारी गराएका थिए ।

बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष उत्तरकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर वडा नं ७ का सदस्य रामबहादुर जिसी, अस्थायी प्रहरी पोष्ट प्रर्सेनीका इञ्चार्ज बालाराम नेपाली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रहरी जवान किरण वलिले गरेका थिए ।