मसुरीया,
२६ फागुन । राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा सुरक्षाभत्ताको रकम वितरण प्रक्रियाका वारेमा स्थानिय स्तरमा रहेका बैकका प्रतिनिधिहरु संग छलफल गरिएको छ ।
अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भालुवाङ, लालमटिया, मौरीघाट र सिसहनियामा सञ्चालनमा रहेका ६ वटा बैक संग छलफल गरिएको हो ।
सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नागरिकलाई सरल र सहज तवरले रकम प्राप्त गर्ने उपाय खोज्नका लागि बैकका प्रतिनिधिहरु संग छलफल गरिएको यमआईयस अपरेटर नारायण बहादुर राउतले जानकारी दिनुभएको छ ।
अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, नेपाल बैंक लिमिटेड सिसहनियाका भोजराज जोशी, कर्णाली डेभलपमेन्ट बैक सिसहनियाका प्रदिप पुजारी, एनआ सि बैंकका सुवास चन्द्र पौडेल, सांग्रीला डेभलभमेन्ट बैंक भालुवाङका यज्ञ विक्रम आचार्य, साईन रेसुङ्गा लालमटियाका सन्तोष घिमीरे लगायतकाको सहभागीता रहेको छलफलले सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना सञ्चालनका लागि नुमानन्द सुवेदिको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ ।
सदस्यमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि, रेशमराज अधिकारी र सदस्य सचिवमा नारायण बहादुर राउतलाई जिम्मेवारी दिईएको छ । साथै बैठकले गुनासो सुनुवाई समितीमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, सम्वन्धित शाखा प्रमुख नारायण बहादुर राउत, सविता चौधरी र रेशमराज अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।