२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

सुनको मूल्य प्रतितोला ८२ हजार सात सय

काठमाडौं,
२७ फागुन ।
तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यमा आज मंगलबार पुनः नयाँ कीर्तिमान बनेको छ । मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो । बिहेको लगन पनि सकिनै लागेको र चुलिँदो मूल्यले गर्दा सुन किन्ने ग्राहक संख्य अत्यन्तै न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।