२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

राप्ती गाउँपालिकामा गुम्बा निर्माण गरिने

मसुरिया,
२७ फागुन ।
दाङको राप्ती गाउँपालिका स्थित वडा नम्बर ८ मा गुम्बा निर्माण गर्ने उदेश्यकासाथ डिपीआर निर्माण गरिएकोमा सोमवार डिपीआरको प्रथम चरणको अवस्थाका वारेमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कार्यपालिका सदस्यहरु तथा वडा नं ८ का सरोकारवालाहरुको सहभागीता रहेको थियो । धार्मीक सद्भाव स्थापना गर्नका लागि बौद्ध गुम्वा निर्माण गर्ने उदेश्यका साथ ईसिसिआरसि नेपालले निर्माण गरेको डिपीआर प्रतिबेदनको प्रथम चरणमा छलफल गरिएको हो ।

छलफलमा अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले गुम्वा निर्माणको लागत तथा आर्थिक अवस्थाका वारेमा जिज्ञासा राख्नु भएको थियो । करिव २ करोड लागतमा बन्न सक्ने डिपिआर सहित ईसिसिआरसि नेपालले थ्रिडि पीक्चर समेत पेश गरेको ईन्जिनियर अशोक बेल्वासेले जानकारी दिनुभएको छ ।