२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

पोख्रेल परिवारद्धारा बुवाको स्मृतिमा अक्षयकोष स्थापना

घोराही,
२७ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी पदमप्रसाद पोख्रेल, सुमन पोख्रेल र किरण पोख्रेलले आफ्ना स्वर्गीय आमा बुवाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

घोराही स्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा खुशलराम–लीलादेवी पोख्रेल अक्षयकोष स्थापना गर्नुभएको हो । पोख्रेल परिवारले संस्थाका सदस्य दधिराम खनाललाई रु. दश हजार रकम हस्तान्तरण गर्दै आगामी दिनमा रकम थप गर्दै जाने जनाएको छ ।

यसरी हरेक वर्ष बुवा–आमाको वार्षिक श्राद्धमा भोजन गराउने र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने गरी अक्षयकोष स्थापना गरेको संस्थापक सुमन पोख्रेलले जानकारी दिनुभएको छ ।