२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको कार्यालय उद्घाटन

राम प्रसाद सुबेदी,
मलेसिया २८ फागुन ।
सुदुर पश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति जोहोरले आफ्नो कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय अध्यक्ष राजबहादुर साउदको सभापतित्व, गैर आवासीय नेपाली संघ मलेसियाका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाज दक्षिण एसिया संयोजक दिनेश खड्का र गैर आवासीय नेपाली संघ मलेसिया जोहोरबारु क्षेत्रिय अध्यक्ष मिम बहादुर गुरुङको बिशिस्ट आथित्यतामा कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली भन्ने मुल नारा रहेको समाज मलेसियामा सन २००६ मा स्थापना भएको हो भने जोहोरबारुमा भने सन् २०१८ राज बहादुर साउदको अध्यक्ष मा क्षेत्रिय समीती गठन भएको हो । छोटो समयमा जोहोरबारु क्षेत्रिय समितिले बिभिन्न पिडितहरुलाई आर्थिक सहयोग, मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुसँग भाइचाराको सम्बन्ध समन्वय र सहकार्य, सामाजिक एकतालाई एक सुत्रमा गाँस्दै श्रमिकहरुको समस्यालाई संस्थागत रुपमा आर्थिक सहयोग समेत गर्दै आएको छ । सुदुरपश्चिमको कला साहित्य संस्कृतिको संरक्षण सम्वर्द्धनमा समेत टेवा पुग्ने गरि बिभिन्न चाडपर्व समेत यस संस्थाले मनाउदै आएको छ ।

प्रवासमा रहेका नेपालीको समस्यालाई मध्यनजर गर्दै कार्यालय स्थापना गरी सेवा सुबिधा दिनु पर्छ भन्ने उदेश्यका साथ कार्यालय उद्घाटन गरिएको सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय अध्यक्ष राजबहादुर साउदले जानकारी दिनु भयो । कार्यालय सञ्चालनमा सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय समिती प्रमुख सल्लाहकार तथा सफल व्यबसायी युवराज बमको मुख्य भुमिका रहेको बताईएको छ । संस्थाले उहालाई फुल माला र सम्मान–पत्रले कार्यक्रमको अवसर पारी सम्मान समेत गरेको थियो ।

सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय उपाध्यक्ष तिलक चन्द ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएका कार्यक्रममा सुदुर पश्चिमेली नेपाली समाज मल्लका क्षेत्रिय अध्यक्ष पदमराज जोशी, साहित्यीक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष राम प्रसाद सुबेदी संगम, एनआरएनए जोहोरबारु उपाध्यक्ष हरिबहादुर बस्नेत, सचिव अर्जुन सिंह, प्रमुख सल्लाहकार तथा श्रमिक अगुवा रमेश मल्ल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम को सञ्चालन सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय सचिव आन्दन साउदले गर्नु भएको थियो।