२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं,
२८ फागुन ।
पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा विष्फोट भएको प्रहरीले जनाएको छ। उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।