२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना रोक्न विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने

काठमाडौं, २८ फागुन । विश्व बैंकले नोभेल कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न नेपाललाई २९ मिलियन अमेरिकी डलर ९३ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने भएको छ। यसअघि विश्वका कोरोना प्रभावित मुलुकलाई आपत्कालीन सहयोग घोषणा गरेको १२ अर्ब अमेरिकी डलरमध्ये विश्व बैंकले नेपाललाई यो रकम उपलब्ध गराउने भएको हो। यो सहयोग कोरोना भाइरसको सचेतना, रोकथाम पूर्वतयारीका लागि उपयोग गरिनेछ। मंगलबार कोरोनाबाट प्रभावित हुन सक्ने सम्भावित क्षेत्र र आवश्यक पहिल्याउने सम्बन्धमा अर्थ मन्त्रालयमा बैठक बसेको थियो। बैठमा विश्व बैंकका नेपालस्थित देशीय प्रबन्धक फारिस हदाद जेर्भोस, अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल भएको थियो।

छलफलमा सहभागी एक अधिकारीले भने, ‘हामीलाई तत्काल आवश्यक पर्ने क्षेत्रका विषयमा छलफल भयो। हामीले तुरुन्त आफ्नो प्राथमिकताका क्षेत्र मूल्यांकन गरी यो सहयोग परिचालन गर्न सक्छौं।’ नोभेल कोरोना भाइरस अहिलेसम्म सयभन्दा बढी देशमा फैलिसकेको छ। यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिकरूपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुध्न खर्च गरिनेछ। यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो।

फास्ट ट्र्याक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ। राष्ट्रिय आवश्यकताअनुसार विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ ९आइडीए०, पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) र अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०ले आपसमा मिलेर काम गर्नेछन्। १२ अर्ब अमेरिकी डलर सहयोगमध्ये ८ अर्ब नयाँ सहयोग रकम हो। बाँकी ४ अर्ब विश्व बैंक र आईएफसीका विद्यमान पोर्टफोलियोलाई पुनःप्राथमिकीकरण गरिएको हो। २।७ अर्ब अमेरिकी डलर आईबीआरडीबाट, १.३ अर्ब आएडीए र २ अर्ब अमेरिकी डलर विश्व बैंककै विद्यमान पोर्टफोलियो मै पुनःप्राथमिकीकरण गरिएको हो। अन्तर्राष्ट्रिय वित्त निगमबाट परिचालन हुने ६ अर्ब मध्ये २ अर्ब विद्यमान व्यापार सहजीकरणसम्बन्धी सहयोग हो भने बाँकी नयाँ सहयोग हो।

यो सहयोग अन्तर्गत विश्वव्यापी विशेषज्ञता र राष्ट्रिय ज्ञान तथा अनुभवलाई नीतिगत सुझाव र प्राविधिक सहयोग अन्तर्गत प्रयोग पनि गरिनेछ। यो प्याकेजमा आईडीएका तर्फबाट न्यून आय भएका मुलुकमा अनुदान, सहुलियत ऋण समावेश छ। आईबीआरडीको सहयोग मध्यम आय भएका मुलुकमा ऋणका रूपमा फास्ट ट्र्याकबाट प्रदान गरिनेछ। विश्व बैंक समूह अन्तर्गतको निजी क्षेत्र हेर्ने अंग आईएफसीले निजी क्षेत्रलाई सञ्चालन र रोजगारी कटौती हुन नदिन सहयोग प्रदान गर्नेछ।

विश्व बैंकले प्राथमिक स्वास्थ्य सेवा सुधार, रोगको अनुगनम र स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गर्नेछ। जनविश्वास कायम गर्न समुदायको सहभागितामा विपन्न परिवारका बिरामीको उपचारका लागि सहयोग गर्नेछ। राष्ट्रलाई विश्वव्यापी विशेषज्ञतामा पहुँचका लागि विश्व बैंकले नीतिगत र प्राविधिक सल्लाह प्रदान गर्नेछ।