२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

चेक बाउन्सको आरोपमा गुरागाँई पक्राउ

दाङ,
२८ फागुन ।
जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा ईटहरीबाट एक ब्यक्तिलाई पक्राउ गरेको हो । बैंक कसुर मुद्दामा ईटहरी उपमहानगरपालिका वडा नं. ५ निवासी भोजराज गुराँगाइलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाइविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाई विरुद्ध एक महिना अघि मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अबस्थामा मंगलबार साँझ ईटहरीबाट पक्राउ गरि दाङ ल्याईएको हो । गुरागाई बिरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए । गुरागाइले दिएको तीनलाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।