बाँके,
२८ फागुन । बाँकेको कोहलपुरमा टिपरको ठक्करबाट आज एकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ पिपरीमा ४५ वर्षीया साइकलयात्री रामपति थारुलाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।
घाइते थारुको उपचारको क्रममा बिहान ११ बजेतिर निधन भएको हो। स्थानीयले क्षतिपूर्तिको माग गर्दै तीन घण्टासम्म सडक अवरुद्ध गरेका थिए। ट्रिपर चालकविरुद्ध मुद्दा दायर गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि सडक अवरोध खुला गरिएको थियो।
चालकलाई नियन्त्रणमा लिइसकेकाले मुद्दा दायर गरिने प्रहरीले बताएको छ ।