शिबराज पन्थी,
गढवा २८ फागुुन । गढवा गाउँपालिकाको छैठौं गाउँसभा तथा हिउँदे अधिवेशन आज बुधवार देखि सुरु भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुुरु भएको गाउँसभाको उद्घाटन प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले गरेका थिए ।
कार्यक्रममा सांसद थारुले गाउँ तथा नगर सभाका नियमसंगत प्रकृृयाहरुका बारेमा जानकारी गराउँदै बिगतमा भए गरेका बिकास योजना र सेवा प्रवाहका गतिविधिहरुलाई गंभिर समिक्षा गर्दै योजनाहरु कार्यान्वयन चरणमा लैजान अगाडी बढ्नुपर्ने बताए । गाउँसभा तथा नगरसभाको गरिमालाई कायम गर्न सबै जनप्रतिनिधिको दायित्व भएको भन्दै सांसद थारुले स्थानीय सरकारले आफ्नो वजेट आफै बनाउने अभ्यासको सुुरुवात गर्न सुुझाव दिए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यादवले हालसम्मको प्रगतिको गंभिर ढंगले समिक्षा गर्दै अगाडी बढ्ने र नियम कानूूनहरु पारित गर्न तथा योजना शंसोधन र बजेट रकमान्तरका लागि हिउदे अधिवेशन राखिएको बताए ।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लालबहादुुर योगी, गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी र महिला सदस्य बिष्णुुदेवि कुँवर लगाएतले बोलेका थिए । गाउँसभालाई उद्घाटन र बन्दसत्र गरी दुुई चरणमा संचालन गरिएकोले पहिलो दिनको उद्घाटन कार्यक्रम सकिएको छ ।
आगामी चैत्र ७ का दिनबाट पुनः सुरुहुने र कार्यक्रममा बजेट तथा योजना शंसोधन, रकमान्तर, नियम कार्यबिधिमाथीको छलफल तथा पारित र हालसम्म भए गरेका बिकास योजनाहरुको समिक्षा गरि अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रमको संचालन मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले गरेका थिए ।