२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

दाङमा बाल विवाह गरिरहेका बेहुलासहित दुई पक्राउ

दाङ,
२८ फागुन ।
दाङमा विवाह मण्डपबाटै दुलाह र दुलहीका वुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार निबासी दुलाह ३० बर्षका कृष्ण बहादुर केसी र घोराही उपमहानगरपालिका १४ ढोरेनी निबासी ४६ बर्षका बसन्त भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले बताए ।

१८ बर्षीय केटीको वाल विवाह गरिदिन लागेको सूचनाका आधारमा आज बुधबार विहान १० बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । ढोरेनीमा बाल विवाह भईरहेको छ, भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीलले विवाह मण्डपबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुलाह र दुलहीका बावु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७३ लाई टेकेर बाल विवाह गर्न नहुने कसुरमा मुद्धा चलाएको प्रवक्ता खड्काले बताए ।

दुलहीलाई भने आमाको जिम्मा लगाइएको छ । नेपालको संविधानमा २० बर्ष नपुगी विवाह गर्न नपाईने कानुनी व्यवस्था छ ।