२०७८ भाद्र १९ गते शनिवार
२०७८ भाद्र १९ गते शनिवार

शान्तिनगर गाउँपालिका स्तरीय परीक्षा सुरु

शान्तिनगर,
२८ फागुन ।
शान्तिनगर गाउँपालिका स्तरीय आधारभूत तह कक्षा १ देखि ८ र कक्षा ९ को परीक्षा पालिकास्तरीय परीक्षा व्यवस्थापन समिति मार्फतआज बुधवार देखी सुरु भएको छ । परिक्षालाई मर्यादित तथा अनुशासीत बनाउनका लागि गाउँपालिकाले अनुगमन समिती पनि बनाएर परिक्षा केन्द्र हरुको अनुगमन गरिरहेको छ ।

पछिल्लो महामारी कोरोना बाट सजकता अपनाउदै नेपाल सरकार तथा शान्तिनगर गाउँपालिकाको निर्णय अनुसार कक्षा १–८ र कक्षा ९ को साथै सम्पुर्ण कक्षाको परिक्षा सुरु गरिएको हो । साथै सम्पुर्ण सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुले आआफ्नो विद्यालयमा कक्षा १० बाहेक सबै कक्षाको समेत परिक्षा सुरु गरेका छन् ।