२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

त्रिपालमुनि बसेर छोराको काजक्रिया गर्दै बाबु

बबई,
२९ फागुन ।
उमेरले ७२ बर्ष नाघेका जोगबहादुर दमाईले २६ बर्षकै कलिलो उमेरमा क्यान्सरका कारण छोरा अरूण परियारलाई गुमाउनु पर्यो । बाबु जोग वहादुरले छोरा अरूणको त्रिपालमा मुनि क्रिया बसेर काजक्रिया गर्दैछन् । छोराले बुढेसकालमा सेवा गर्ला, छोराकै काखमा खुसी साथ मरम्ला भन्ने आश गरेका जोग वहादुरको जिवनमा उल्टो भइदियो ।

बुढेसकालमा छोराले छोडेर गए । आर्थिक अभावमा छोराको क्यान्सरका कारण निधन भयो । बबई २ रामपुर घर भएका जोजवहादुरको न घर छ जग्गा छ । घर जग्गा नभएपछि बबई ३ लक्ष्मणपुरमा आफ्नो माईति जग्गामा त्रिपालमुनि बसेर क्रिया बसेर ३ दिनमा आज छोराको काजक्रिया सक्दैछन् उनी । छोराको अन्त्यष्टि गर्न केही नभए पछि स्थानिय सक्रिय समाजसेवि युवा नेव वहादुर खड्का र टोपेन्द्र थापाले दाउरा, चिनी, कपडा र त्रिपालको व्यवस्था गरिदिएका छन् ।

अत्यन्त पिडादायी जीवन भोगेका जोगवहादुरले आफ्नो छोरा बचाउन सकेनन् । क्यान्सरबाट पिडित छोरा अरूण बगालेको चौताराबाट सँधैका लागि विदाई भए। घर जग्गा विहिन जोग वहादुरले छोराको कलिलो उमेरमा बगालेको खुल्ला चौताराबाट सधैका लागि विदाई गर्दा आफुलाई थाम्न सकेनन् । के गर्नु दैव खेल यस्तै रहेछ भनेर चिक्त बुझाए । दुई तिहाईको कम्युनिष्ट सरकार हुँदा पनि आफुले कुनै सहयोग नपाएकोमा जोज वहादुर दुखि छन् । गरिब दुखि र पिछडिएहरूको पार्टि भनेर चर्का भाषण र नारा लगाउने पार्टिको सरकार केन्द्र देखि गाउँटोल सम्म हुँदा पनि कलिलो उमेरमा छोरा गुमाउनु पर्यो जोग वहादुरले । अर्काको जग्गामा त्रिपालमुनि बसेर छोराको काजक्रिया गर्नु परेको छ ।

जोग वहादुरको पिडादायिक अवस्था देख्न नसकेर सक्दो सहयोग गरेको नेव वहादुर खड्काले बताए । अरूणको अन्त्यष्टि देखि अहिले सम्म सक्दो सहयोग गरेको र आज अन्तिम दिन काजक्रियामा आवश्यक सम्पुर्ण सहयोग गर्न लागेको खड्काले बताए । खड्का सहित अन्य समाजसेवी युवा टोपेन्द्र थापा, मानदेव केसी, धन वहादुर डाँगी लगायतको युवाहरूले आर्थिक संकलन गरेर काजक्रिया खर्च सहयोग गर्न लागेका छन ।